स्रोत नखुलेको सुनका गहनासहित २ जना पक्राउ

खबर बुक
  • ख-
  • ख
  • ख+

गुलरिया, २४ मंसिर ।  प्रहरीले स्रोत नखुलेको सुनका गरगहनासहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका ११ राँझाका २९ वर्षीय मोहन बिक र बाँकेको राप्ती सोनारी गाउँपालिका २ घर भई बाँकेको डुँडुवा गाउँपालिका ५ स्थित जब्दहवा बस्ने ३८ वर्षीय देविन्द्रबहादुर घर्ती रहेका छन्।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मोतिपुर, इप्रका बगनाह र कर्तनियाघाट प्रहरी चौकीबाट खटिएको टोलीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दियाको बारबर्दिया नगरपालिका ९, कर्तनियामा चेकजाँचका क्रममा हुण्डाई गाडी र सुनका गरगहनासहित उनीहरूलाई पक्राउ गरेको हो ।

चेकजाँचका क्रममा प्र–३–०१–०२३ ८१६८ नम्बरको हुण्डाई गाडीबाट ३ सय ४७ दशमलव ०७१० ग्राम सुनको गहना फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधिरराज शाहीले जानकारी दिए ।

यसबारे थप अनुसन्धान भइरहेको उनले बताए। बरामद गहना २८ तोलाभन्दा बढी रहेको प्रहरी जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्