कर्णाली प्रदेशले खसीबोका निर्यात बढायो, यो वर्षको दसैँमा मात्रै ६० करोडभन्दा बढी रकम भित्र्यायो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज १६

कर्णाली प्रदेशबाट यो वर्ष दसैंको लागि ५० हजार खसीबोका र भेडाच्याङ्ग्रा निर्यात भएको छ ।

प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको पशुपन्छी विकास निर्देशनालयका अनुसार उक्त सङ्ख्याका खसीबोका र भेडाच्याङ्ग्रा निर्यात हुँदा ६० करोड रुपैँयाभन्दा बढी रकम भित्रिएको छ । स्थानीय र प्रदेश सरकारले विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरी किसानलाई आकर्षित गर्ने प्रयास गरेकाले पनि पशुपालन व्यवसाय बढेकोले यस वर्ष कर्णाली प्रदेशले सो सङ्ख्यामा खसीबोका निर्यात गर्न सफल भएको निर्देशनालयका सूचना अधिकारी मोहन गिरीले जानकारी दिनुभयो । गत वर्ष पनि ५० हजारको हाराहारीमा पशु चौपाय मासुको लागि निर्यात गरिएका थिए ।

तर, यो वर्ष भने खसीबोका र भेडाच्याङ्ग्रा मात्रै ५० हजारको हाराहारीमा निर्यात भएको हो । विगतका वर्षभन्दा अहिले माथिल्लो कर्णालीका हिमाली जिल्ला जुम्ला, कालिकोट, हुम्ला, मुगु र डोल्पामा भेडाच्याङ्ग्राको उत्पादन वृद्धि भएको देखिएको छ ।

दसैँतिहारमा कर्णालीका विभिन्न जिल्लाबाट खसीबोका एवं भेडाच्याङग्रा देशका विभिन्न ठूला सहरमा निर्यात हुने गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्