काठमाडौं, ६ साउन ।प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएकाे छ ।
अवैध सुन प्रकरणमा गृहमन्त्रीको संलग्नता भएको आशयको अभिव्यक्तिका कारण विवाद बडे पछि भेटवार्ता भएकाे हाे ।
श्रेष्ठसँगको भेटपछि बस्नेतले असहमति अन्त्य भएको भन्दै साइबर ब्युरोमा दायर मुद्दा फिर्ता लिने र प्रेस चौतारीले पनि घोषित कार्यक्रम फिर्ता लिने समझदारी भएको बताएका छन् ।
अाफुले लेखेकाे समाचारले गृहमन्त्रीको प्रतिष्ठामा परेको असरप्रति आफू दुःखी रहेको बस्नेतले बताएका छन् ।
बस्नेतको स्ट्याटस
माननीय उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग आज छलफल भयो । उहाँले पुरानै मित्रवत शैलीमा गणेशजीले नै मेरोबारे यस्तो लेख्ने ? भनेर हास्नु भयो । मैले तपाईलाई नै किटान गरेर कहाँ लेखेको छु भने ।
छलफलबाट निचोड निकालियो- अहिलेसम्मको असहमतीको अन्त्य गर्ने । नेपाल प्रहरीको साइबर ब्यूरोमा सचिवालयबाट मेरोविरुद हालेको उजुरी फिर्ता भएको छ । धन्यवाद माननीय गृहमन्त्री नारायणकाजी कमरेड ।
केही बुझाईमा फरक परेछ हामीबीच तर नियत गलत थिएन । विमानस्थलमा बरामद सुन प्रकरणमा मैले प्रश्न गरेको थिए, त्यो प्रश्नले मेरो नियतमाथि नै प्रश्न उठाउने काम भयो गणेशजी भन्नुभयो, मेरो समाचार स्रोत गलत परेछ त्यो कारणले तपाईको प्रतिष्ठामा परेको असरप्रति दुःख व्यक्त गर्छु भने ।
उहाँले अंगालो हाल्नु भयो । समस्याको समाधान भयो । प्रेस चौतारी नेपालको आन्दोलनका सवै कार्यक्रम स्थिगत भएको छ । साथै आफू भ्रष्टाचारविरुद कुनै समझौता नगर्ने उहाँको अडानमा समर्थन गर्दै भ्रष्टाचारविरुद्धको अभियानमा एक्यवद्दता जनाइयो । यो अभियानमा साथ दिने प्रेस चौतारी नेपालका प्रिय मित्रहरू, नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, प्रेस सेण्टरका अध्यक्षलगायत सवै मित्रहरूप्रति आभारी छू ।










