भद्रकुमारी घले सेवा सदनमा महानगरको डोजर

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३ साउन । काठमाडौं महानगरपालिकाले अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदन खाली गराउन डोजर चलाइरहेको छ ।

सार्वजनिक जग्गा कब्जा गरी भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेपछि महानगर प्रहरीले उक्त भवन खाली गराउन बुधबार डोजर चलाएको हो । यसअघि महानगर प्रहरीले भवन खाली गर्न सूचना दिएको थियो । तीन दिनअघि उक्त भवन खाली गर्न आग्रह गर्दा पनि नटेरेपछि बुधबार नगरप्रहरीले डोजर चलाएको हो ।

भद्रकुमारी घले सेवा सदनमा बसेका असहाय अशक्त वृद्धवृद्धाहरुलाई मानव सेवा आश्रममा पठाइने नगरप्रहरी प्रमुख राजु पाण्डेले बताए ।

न्युज कारखाना
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्