भारतमा जगन्नाथ रथ यात्राले हाइटेन्सन छुदाँ ७ जनाको मृत्यु, १८ घाइते

खबर बुक
  • ख-
  • ख+

नयाँदिल्ली, १४ असार । त्रिपुराको उनाकोटी जिल्लामा बुधबार साँझ भगवान जगन्नाथको रथ हाई टेन्सन तारको चपेटामा परेको छ । जसका कारण ७ जनाको मृत्यु भएको छ । सोही क्रममा १८ जना जलेका छन् ।

भगवान जगन्नाथको उल्टा रथयात्राका क्रममा दिउँसो ४ः३० बजे कुमारघाट क्षेत्रमा उक्त घटना भएको प्रहरीले जनाएको छ प्रदेशका मुख्यमन्त्री माणिक साहले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । दुर्घटनामा धेरै तीर्थयात्रीको ज्यान गएको उनले बताए । योसँगै धेरै मानिस घाइते भएका छन् ।

‘यो घटनाबाट म दुखी छु। मृतकका परिवारजनमा मेरो समवेदना र घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना। यस दुस्खद घडीमा प्रदेश सरकार पीडितहरुको साथमा छ,’ उनले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्