भारत भ्रमणमा नेपालको हितलाई केन्द्रबिन्दुमा राख्छुः प्रधानमन्त्री प्रचण्ड

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण बिषयमा पूर्वप्रधानमन्त्रीहरु र परराष्ट्रमन्त्रीहरुसंग परामर्श गर्नुभएको छ ।

आज सिंहदरबारमा भएको छलफलमा सरकारात्मक सुझाव प्राप्त भएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिनुभयो ।

उहाले अब पूर्वराजदूत, विज्ञको पनि सुझाव लिएर राष्ट्रको हितमा भारत भ्रमणलाई उपयोग गर्ने बताउनुभयो । आफ्नो भारत भ्रमण राष्ट्रिय सहमतिमै हुने उहाको भनाइ छ ।

त्यस्तै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पारावहन, सीमा समस्या, इपिजी प्रतिवेदन बुझ्ने लगाएतका बिषयमा ध्यान केन्द्रीत गर्न सुझाव दिएको बताउनुभयो ।

उहाले नेपाल भारत पानीको विवादलाई पनि समाधान गर्नुपर्नेमा जोड दिएको जिकिर गर्नुभयो ।

त्यस्तै पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमाको विषयलाई पनि टुंगोमा लगाउनुपर्ने, ईपीजी प्रतिवेदन बुझ्नका लागि जोड दिनुपर्ने सुझाव दिएको बताउनुभयो ।

त्यस्तै अन्य सहभागीहरुले राष्ट्रहितलाई केन्द्रमा राखेर वार्ता र छलफल गर्न सुझाव दिएका थिए । प्रधानमन्त्री प्रचण्डले यहि १७ गतेदेखि भारत भ्रमण गर्दै हुनुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्