‘अडियो प्रकरण’मा छानबिन गर्न रास्वपा, अनुशाषन आयोगको बैठक बस्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशाषन आयोगको बैठक आज बस्दैछ ।

सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको ‘अडियो प्रकरण’का बारेमा छानबिन गर्नका लागि सो बैठब बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्नेछ ।

अनुशासन आयोगका संयोजक भरतमणि देवकोटाका अनुसार सांसद श्रेष्ठले सोमबार बुझाएको स्पष्टीकरणका बिषयमा छानबिन गरेर केन्द्रिय समितिलाई सिफारिस गर्नेछ । सो सिफारिसका आधारमा उनी माथी के कस्तो कारबाही हुने ? त्यसका बारेमा केन्द्रिय समितिले निर्णय लिनेछ ।

सांसद श्रेष्ठले ब्यापारी प्रसाईसँग गरेको भनि आएको अडियोको स्वर आफनो नभएको दाबी गर्दै आएका छन् । उनले चिन्दै नचिनेको प्रसाईसँग कसरी पैसा मागिन्छ ? भन्ने तर्क गर्दै आएका छन ।

उता, सो पार्टीका सभापति रबि लामिछानेले भने आरोप प्रमाणित भएमा उनलाई सांसद पदबाट बर्खास्त गर्ने यसअघि नै जनाई सकेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्