चितवनमा रहेको क्रिकेट रंगशालाको समस्या दुईसाताभित्रै समाधान हुन्छः प्रचण्ड

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनमा रहेको क्रिकेट रंगशालाको समस्या दुईसाताभित्रै समाधान हुने बताउनुभएको छ ।

आज चितवनस्थीत भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले रंगशालाको समस्या दुई सातामा हल हुने बताउनुभएको हो । उहाले रंगशालामा रहेका समस्या हल गर्ने जिम्मा सरकारले लिने जिकिर गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले थोरै मन्त्रालय मिलाउन बाँकी रहेकाले छिटै मन्त्रीपरिषद् विस्तार हुने जानकारी दिनुभयो ।

भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन भ्याट बाहेक १ अर्ब २७ करोड, ९० लाख ९८ हजार ९७७ रुपैयाँमा निर्माण गर्न लागिएको हो । टर्मिनल भवनको निर्माण ३६ महिनाभित्र सम्पन्न गरिसक्ने सम्झौतामा उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्