आगलागी हुँदा बालिकाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

रौतहट, १५ चैत । रौतहटको ईशनाथ नगरपालिका–६ मा घरमा आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ ।

मंगलबार राति आगलागी हुँदा सुतिरहेकी मोजिबुल रहमानकी छोरी ११ वर्षीया रजिया खातुनको मृत्यु भएको हो । ती बालिका सुतेका कारण आगलागी भएको थाहा पाउन नसकेको र भाग्न नपाएकाले जलेर मृत्यु भएको स्थानीयले बताएका छन् ।

प्रहरीका अनुसार बालिकाको जलेको शरीर भेटिएको र आगलागीबाट घरपालुवा जनावर र लाखौँको धनमाल जलेर नष्ट भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्