घट्यो सुनचाँदीको मूल्य

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १३ चैत । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । यसअघि आइतबार ६०० रुपैयाँले घटेको सुन सोमबार पनि २०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुन २०० रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम भएको छ ।

यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, साेमबार चाँदीको मूल्य १० रुपैयाँले घटेको छ। साेमबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।आइतबार चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्