कञ्चनपुरमा झण्डै दुई लाख मुल्य बराबरका कपडा बरामद

न्युज कारखाना
  • ख-
  • ख+

कञ्चनपुर, १२ चैत । कञ्चनपुर प्रहरीले झण्डै दुई लाख मूल्यबराबरका कपडा बरामद गरेको छ ।

आइतबार विशेष सुचनाको आधारमा प्रहरीले भीमदत्त नगरपालिका–४ बाट भन्सार छलीका कपडा बरामद गरेको हो ।

सलाई, अस्तर कपडा, नरिवल धुलो र प्लाष्टिक झिल्ली गरि करिब एक लाख ८७ हजार मुल्य बराबरका सामग्री बेवारिसे अवस्थामा फेला पारेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्