अखिल नेतृत्वले कारबाही गरेका भुषाल मध्यबिन्दु क्याम्पसकाे सभापतिमा बिजयी

खबर बुक
  • ख-
  • ख+

नवलपरासी, ६ चैत । नेकपा एमाले निकट अनेरास्ववियुको केन्द्रीय नेतृत्वले कारबाही गरेका एक उम्मेदवारले बिजय हासिल गरेका छन ।

अखिलको केन्द्रिय नेतृत्वले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका केशव भुसालले नवलपुरस्थीत मध्यविन्दु बहुमुखि क्याम्पसको सभापतिमा बिजय हासिल गरेका हुन । अखिलको केन्द्रिय नेतृत्वकाे कारबाहीका बाबजुद उनले सभापतिमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका थिए ।

केन्द्रीय अध्यक्ष समिक बडालले गत चैत ४ गते अखिलको नवलपुर जिल्ला सह इन्चार्जसहित रहेका भुसाललाई संगठनको हित तथा अनुशाषन बिपरित कार्य गरेको भन्दै अखिलको बिद्यानको धारा ३० अनुसार साधारण सदस्यसमेत नरहने गरी निष्काषन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्