जुवातास खेलिरहेको अवस्थामा चारजना पक्राउ

खबर बुक
  • ख-
  • ख+

कैलाली, २६ फागुन । धनगढी उपममहानगरपालिका-३ बोराडाडीस्थित बैतडी दोगडा केदार गाउँपालिका-५ घर भएका ३० वर्षीय विरेन्द्र चन्दको चन्द फास्टफुड होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक चन्द समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४ हजार रुपैयाँ र एक गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्