दिल्लीका उपमुख्यमन्त्री सिसोदिया पक्राउ परेपछि आम आदमी पार्टीको भारतभर प्रदर्शन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १५ फागुन । दिल्ली सरकारका उपमुख्यमन्त्री तथा शिक्षा मन्त्री मनीष सिसोदियालाई केन्द्रीय जाँच ब्युरो सीबीआईले गिरफ्तार गरेपछि आम आदमी पार्टीले भारतका विभिन्न ठाउँमा विरोध प्रदर्शन गरेको छ ।

सीबीआईले सिसोदियामाथि सन् २०२१ मा राज्य सरकारले बनाएको मदिरासम्बन्धी नीतिमा अनियमितता भएको आरोप लगाएको छ ।

सिसोदियालाई आइतबार करिब ८ घण्टाको सोधपुछपछि सीबीआईले पक्राउ गरेको हो । गत वर्ष अगस्टमा सीबीआईका तर्फबाट दायर गरिएको ११ पन्ने अभियोगपत्रमा सिसोदियालाई मुख्य अभियुक्त बनाइएको छ ।

साथै सिसोदिया र अन्य आरोपित व्यक्तिविरुद्ध भारतीय दण्ड संहिताको धारा १२० बी, ४७७ ए र भ्रष्टाचारविरोधी कानुनका धारा लगाइएको छ । आरोप प्रमाणित भएमा उनीहरूलाई ६ महिनादेखि आजीवन कैदसम्मको सजाय हुन सक्ने छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका सबैभन्दा नजिकका विश्वासपात्र मानिएका सिसोदिया पक्राउ परेपछि सत्तारुढ भारतीय जनता पार्टी र आपबीच आरोपप्रत्यारोप चलिरहेको छ ।

मुख्यमन्त्री केजरीवालले सिसोदियाविरुद्ध कुनै प्रमाण नभए पनि सीबीआईले राजनीतिक दबाबमा आएर पक्राउ गरेको आरोप लगाएका छन् ।

मनीषलाई पक्राउ गर्ने विषयमा सीबीआईका अधिकांश अधिकारीले विरोध जनाएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्