कांग्रेसकाे केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्ने बारे जानकारी छैनः मुख्य सचिव पाैडेल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ११ फागुन । राष्ट्रपतिका उम्मेदवारका बारेमा छलफल गर्न नेपाली कांग्रेसकाे केन्द्रिय कार्यसम्पादन समितिको बैठक आज बस्ने  भनेर संचारमाध्यममा आएकाे समाचार सत्य नभएकाे कांग्रेस मुख्य सचिव कृष्ण प्रसाद  पाैडेलले बताउनुभएकाे छ ।

रेडियाे काठमाण्डुसंग कुरा गर्दै उहाले आज बैठक बस्ने बारे कुनै  जानकारी नभएकाे बताउनुभयाे ।

यस्तै, कांग्रेसका एक नेताका अनुसार  केन्द्रिय कार्यसम्पादन समितिको बैठक  फागुन  २४ गतेकाे लागि बोलाएको छ ।

बैठकमा भावी राष्ट्रपतिको उम्मेदवारी दिने बारेमा कांग्रेसको औपचारिक धारणा सार्वजनिक गर्ने जनाइएकाे छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्