माघ २७ मा राष्ट्रपतिले संघीय संसद्‍लाई सम्बोधन गर्ने

न्युज कारखना
  • ख-
  • ख+

काठमाडौं  :  संघीय संसद्‌को संयुक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले माघ २७ गते सम्बोधन गर्ने भएकी छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिले माघ २७ गते संसद‍्लाई सम्बोधन गर्ने विषयमा जानकारी दिएका हुन् ।
उक्त दिनको प्रतिनिधिसभाको बैठकमा संघीय संसद्‌का दुवै सदनका सांसदहरुलाई २:४५ बजे नै सभामा निर्धारित पोसाकमा उपस्थित हुन उनको आग्रह छ । उनले राष्ट्रपति भण्डारीले संयुक्त सभालाई ३ बजे सम्बोधन गर्ने जानकारी दिए ।

नेपालको संविधानको धारा ९५ बमोजिम २०७९ साल माघ २७ गते शुक्रबार दिनको ३ बजे संघीय संसद्‌को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्