काठमाडौँ, १२ माघ । नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले क्रिकेटर सन्दीप लामिछानेलाई खेलमा फर्काउन बारे छलफल गरिरहेकाे बताएका छन् ।
बिहीबार पत्रकार सम्मेलनमा अध्यक्ष चन्दले आइसिसीले क्यानलाई कानुन अनुसार अघि बढ्न भनेकोले त्यस विषयमा छलफल गरिरहेकाे बताएका छन ।
नाबालिग बलात्कार आरोपमा जेल चलान भएका क्रिकेटर लामिछानेलाई उच्च अदालत पाटनले सर्तसहित रिहा गरेको थियो ।










