काठमाडौं, १३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
बुधबार बिहान ललितपुरमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता भएको हो ।
प्रचण्डले गठबन्धनलाई धाेका दिई अर्कैसँग साँठगाँठमा प्रधानमन्त्री बनेकाे भन्दै माधवकुमार नेपालले गुनासाे गरेका थिए। उनलाई पनि प्रचण्डले सरकारमा समेट्न सक्ने अनुमान गरिएकाे छ।











