गठनबन्धन टुट्यो भन्दै प्रचण्ड वालुवाटारबाट निस्किनुभयो : रामचन्द्र पौडेल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १० पुस । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन तोडेर हिँडेको बताएका छन् । आइतबार बालुवाटारमा सत्ता गठबन्धनको बैठकबाट प्रचण्डले गठबन्धन तोडेर निस्केकाे नेता पौडेलकाे भनाइ छ ।

पौडेलले भने, ‘प्रचण्ड गठबन्धन टुट्यो भन्दै निस्किनुभयो । गठबन्धन कायम राख्नुपर्थ्यो । अब हाम्रो हातमा केही बाँकी रहेन । सरकार हाम्रो हातबाट बाहिर गयो ।’

कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति आफै राख्ने भन्दै अडान लिएपछि प्रचण्ड रिसाएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्