हिटिङ पौडी पोखरी आजदेखि सर्वसाधारणका लागि खुल्ने

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, १ पुस।राष्ट्रिय खेलकुद परिषद्को सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको हिटिङ पौडी पोखरी आज शुक्रबारदेखि सर्वसाधारका लागि खुल्ने भएको छ ।

सर्वसाधारणका लागि प्रति सिफ्ट ५ सय रुपैयाँ टिकट दर राखिएको छ । प्रशिक्षण सुविधाबाहेक प्रति व्यक्ति १ महिनाको १० हजार तथा ३ महिनाको २५ हजार सदस्यता शुल्क तोकिएको छ । प्रशिक्षणको सुविधासहित १ महिनाको १२ हजार तथा ३ महिनाको ३० हजार सदस्यता शुल्क निर्धारण गरिएको छ ।

पौडी पोखरी बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको पौडी पोखरी प्रमुख देवराज कट्वालले जनाए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्