झारफुकको बाहानामा २७ वर्षीया किशोरी धामीबाट बलात्कृत

न्युज कारखाना
  • ख-
  • ख+

कपिलवस्तु, २९ मंसिर ।  झारफूक गर्ने भन्दै एक धामीले महिलालाई  बलात्कार गरेका छन् । मंसिर २० गते २७ वर्षीय एक युवतीलाई झारफुकको बहानामा वाणगंगा नगरपालिका १० मेचकुरीका २७ वर्षीय पप्पु हरिजनले जवरजस्ती करणी गरी फरार रहेका थिए । पिडित युवतीको जाहेरीपछि फरार रहेका हरिजनलाई प्रहरीले मंसिर २७ गते पक्राउ गरेको हो ।

बिरामी रहेकी ती युवतीलाई हरिजनले रातको समयमा झारफुक गरे ठिक हुने भन्दै जवरजस्तीकरणी गरेको पिडित युवतीले बताएकी छन् ।

पक्राउ परेका हरिजनले यसअघि पनि यस प्रकारको अपराधिक कार्य गरेको हुन सक्ने भन्ने सूचनाको आधारमा थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्