धादिङमा रुखको मुढोले किचेर एक जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर २७ । धादिङमा रुखको मुढोले थिचेर आज मङ्गलवार दिउँसो एक जनाको मृत्यु भएको छ ।

जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नम्बर ५ खरीमा दाउरा काट्दा मुढोले थिचेर ५५ वर्षका लोकबहादुर श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।

श्रेष्ठको शव अहिले पोस्टमार्टमका लागि धादिङ अस्पताल लगिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्