काठमाडौं, मंसिर २७ । दाङमा प्रहरी हिरासतभित्रै श्रीमानलाई लागुऔषध ब्राउन सुगर दिन खोज्ने महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा जिल्लाको घोराही उपमहानगरपालिका १५ की २६ वर्षीया शान्ति खड्का घर्ती रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयको हिरासतभित्र रहेका २२ वर्षका श्रीमान् अशोक खड्कालाई भेट्न गएकी शान्तिले लगेको फलफूलभित्र एक सय २० मिलिग्राम ब्राउन सुगर फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।











