घट्यो सुनको मूल्य

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २७ मंसिर ।  सुनको मूल्य मंगलबार तोलामा २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख रुपैयाँ कायम भएको छ ।

यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुनको मूल्य तोलाको ९९ हजार पाँच सय रुपैया तोकिएको छ । यसको मूल्य अघिल्लो दिन ९९ हजार सात सयमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी तोलाको १३ सय ९० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्