मकवानपुरमा महिलाको शव फेला

खबर बुक
  • ख-
  • ख+

मकवानपुर, २५ मंसिर ।  मकवानपुरको उत्तरी क्षेत्र इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ ज्यामिरेमा खाल्डोमा पुरिएको अवस्थामा एक जना महिलाको शव फेला परेको छ । शव एकहप्ताअघि हराएको भनिएकी सोही स्थानकी ३६ वर्षीय सरस्वती वाइबाको रहेको प्रहरीले भनाइ छ ।

शुक्रबार वाइबाका श्रीमान् वीरबहादुरले श्रीमती हराएको भनी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा खोजी गरिदिन भन्दै फोटोसहित निवेदन दिएका थिए ।

वीरबहादुर वाइबाले आफैँले खोज्ने क्रममा हिजो शनिबार साँझ श्रीमतीको शव खाल्डोमा पुरिएको अवस्थामा भेटिएको भन्दै प्रहरीलाई जानकारी गराएका थिए । अनुहार र कपडाको केही भागमात्र देखिने गरी खाल्डोमा पुरिएको अवस्थामा शव भेटेपछि श्रीमान् वीरबहादुरले प्रहरीलाई खबर गरेका थिए ।

शव पोस्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका एसपी वामदेव गौतमले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्