धनुषामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २३ मंसिर  ।  धनुषामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । मिथिला नगरपालिका-९ मा आइतबार भएको दुर्घटनामा सप्तरीको जोगिनियाका ४५ वर्षीय राधेश्याम रजक साफीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका साफीको मोडेल अस्पताल लालगढमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्रकसहित चालकलाई इलाका प्रहरी कार्यालय ढल्केबरले नियन्त्रणमा लिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्