आजको मौसमः तराई र उपत्यकाहरूमा बिहानपख हुस्सु/कुहिरो लाग्ने

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १६ कात्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली रहेको छ। दार्चुला, बझाङ र हुम्ला जिल्लाका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपात भइरहेको छ।

दिउँसो देशभर आंशिक बदली रहनेछ। देशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति भने देशको हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ।

आगामी पाँच दिनका लागि कुनै चेतावनी छैन। यद्यपि, सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित रूपमा जानकारी लिन महाशाखाले अनुरोध गरेको छ

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्