आजको राशिफलः बि.सं २०८३ कार्तिक १५ गते आइतवार, ईसं २०२६ नोभेम्बर १, ऋतुः शरद, अयनः दक्षिणायन, नेपाल सम्बत ११४६, कार्तिक कृष्ण पक्ष, कार्तिक कृष्ण सप्तमी साँझ ७ः०५ बजेसम्म र त्यसपछि अष्टमी, नक्षत्रः पुनर्वसु बिहान १०ः३९ बजेसम्म र त्यसपछि पुष्य, चन्द्रमा कर्कट राशिमा, सूर्य तुला राशिमा, योगः साध्य राति ८ः०६ बजेसम्म र त्यसपछि शुभ, करणः भद्रा बिहान ८ः१४ बजेसम्म, त्यसपछि वव र साँझ ७ः०५ बजेदेखि वालव। आज नेपालमा सूर्योदय बिहान ६ः१५ बजे र सूर्यास्त साँझ ५ः१८ बजे हुनेछ।
आज कार्तिक कृष्ण सप्तमी अर्थात् रविसप्तमी व्रत परेको छ। यस दिन भगवान् सूर्यनारायणको पूजा–आराधना तथा व्रत बसी आरोग्य, तेज, सुख–समृद्धि र उत्तम स्वास्थ्यको कामना गर्ने धार्मिक परम्परा छ। सूर्य देवतालाई जल अर्पण गरी श्रद्धापूर्वक पूजा गर्नाले जीवनमा सकारात्मक ऊर्जा र आत्मबल प्राप्त हुने जनविश्वास रहेको छ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज नयाँ कामको थालनी गर्ने अवसर प्राप्त हुन सक्छ। कार्यक्षेत्रमा आफ्नो क्षमता देखाउने मौका मिल्नेछ। आर्थिक पक्षमा सुधारका संकेत देखिए पनि अनावश्यक खर्च नियन्त्रण गर्नुहोला। परिवारका सदस्यसँगको सम्बन्धमा आत्मीयता बढ्नेछ। सामाजिक काममा सहभागी हुँदा मान-सम्मान प्राप्त हुन सक्छ। स्वास्थ्यमा खानपान र आराममा ध्यान दिनुहोला।
आजको लागि शुभ रंगः रातो
शुभ अंकः ९
वृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज आर्थिक कारोबारमा सावधानी अपनाउनु आवश्यक छ। व्यापार-व्यवसायमा नयाँ योजना बनाउन सकिनेछ। आफन्त तथा साथीभाइबाट सहयोग प्राप्त हुन सक्छ। रोकिएका काम विस्तारै अघि बढ्नेछन्। पारिवारिक विषयमा आफ्नो विचार मात्र लाद्नुभन्दा अरूको भावना बुझ्ने प्रयास गर्नुहोला। अध्ययन तथा ज्ञानवृद्धिका काममा राम्रो समय रहनेछ।
आजको लागि शुभ रंगः सेतो
शुभ अंकः ६
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज मनमा उत्साह र नयाँ काम गर्ने जाँगर बढ्नेछ। बोली र व्यवहारका कारण अरूको विश्वास जित्न सकिनेछ। कार्यक्षेत्रमा महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुन सक्छ। आर्थिक पक्ष सामान्य रहनेछ, तर साझेदारीमा काम गर्दा स्पष्ट समझदारी बनाउनुहोला। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। स्वास्थ्यमा मानसिक तनाव कम गर्ने प्रयास गर्नुहोला।
आजको लागि शुभ रंगः हरियो
शुभ अंकः ५
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज आत्मविश्वासमा वृद्धि हुनेछ। लामो समयदेखि रोकिएका काम पूरा गर्ने अवसर मिल्न सक्छ। आर्थिक पक्षमा लाभको सम्भावना छ, तर हतारमा लगानी नगर्नुहोला। पारिवारिक वातावरण सुखद रहनेछ। जीवनसाथी तथा नजिकका व्यक्तिबाट सहयोग प्राप्त हुनेछ। धार्मिक तथा आध्यात्मिक गतिविधिमा रुचि बढ्नेछ।
आजको लागि शुभ रंगः सेतो
शुभ अंकः २
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज कामकाजमा केही चुनौती आए पनि धैर्य र विवेकले समाधान गर्न सकिनेछ। अनावश्यक विवादबाट टाढा रहनुहोला। आर्थिक लेनदेनमा विशेष सावधानी अपनाउनु राम्रो हुनेछ। गोप्य योजना र व्यक्तिगत कुरा सबैसँग साझा नगर्नुहोला। परिवारका सदस्यको साथले मनोबल बढ्नेछ। स्वास्थ्यमा थकान र निद्राको कमी हुन नदिनुहोला।
आजको लागि शुभ रंगः सुन्तला
शुभ अंकः १
कन्या राशि (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज मित्र तथा सहयोगी व्यक्तिहरूसँगको भेटघाट लाभदायक हुन सक्छ। नयाँ काममा सहकार्य गर्ने अवसर प्राप्त हुनेछ। व्यवसायमा आम्दानी बढाउने योजना सफल हुन सक्छ। सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ। पारिवारिक सम्बन्धमा सुमधुरता कायम रहनेछ। विद्यार्थीले मेहनतअनुसार राम्रो उपलब्धि हासिल गर्न सक्नेछन्।
आजको लागि शुभ रंगः हरियो
शुभ अंकः ५
तुला राशि (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज कार्यक्षेत्रमा जिम्मेवारी र व्यस्तता बढ्न सक्छ। आफ्नो कामप्रति लगनशील रहँदा उच्च अधिकारी तथा वरिष्ठ व्यक्तिको विश्वास जित्न सकिनेछ। आर्थिक पक्षमा सुधार आउने सम्भावना छ। व्यापार-व्यवसायमा नयाँ अवसर प्राप्त हुन सक्छ। पारिवारिक जीवनमा समय दिनुहोला। आफ्नो लक्ष्यप्रति निरन्तर प्रयास गर्दा सफलता नजिकिनेछ।
आजको लागि शुभ रंगः गुलाबी
शुभ अंकः ६
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज भाग्यको साथ मिल्ने दिन छ। धार्मिक तथा आध्यात्मिक कार्यमा रुचि बढ्नेछ। अध्ययन, लेखन र नयाँ ज्ञान प्राप्त गर्ने काममा सफलता मिल्न सक्छ। लामो दूरीको यात्रा वा नयाँ योजनाका विषयमा सोच बन्न सक्छ। आर्थिक कारोबारमा सकारात्मक परिणाम प्राप्त हुने सम्भावना छ। परिवार तथा जीवनसाथीसँग सुखद समय बित्नेछ।
आजको लागि शुभ रंगः गाढा रातो
शुभ अंकः ९
धनु राशि (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज काम गर्दा विशेष सतर्कता अपनाउनुहोला। आर्थिक लेनदेनमा अरूको भर पर्नुभन्दा आफ्नै हिसाबकिताब स्पष्ट राख्नु राम्रो हुनेछ। आकस्मिक खर्च बढ्न सक्छ। कार्यक्षेत्रमा धैर्यपूर्वक अघि बढ्दा समस्याको समाधान हुनेछ। पारिवारिक विषयमा संवेदनशील बन्नुहोला। स्वास्थ्यका दृष्टिले खानपान र नियमित दिनचर्यामा ध्यान दिनु आवश्यक छ।
आजको लागि शुभ रंगः पहेँलो
शुभ अंकः ३
मकर राशि (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)
आज साझेदारी र सहकार्यबाट लाभ प्राप्त हुने सम्भावना छ। व्यापार-व्यवसायमा नयाँ सम्झौता वा अवसर प्राप्त हुन सक्छ। जीवनसाथी तथा सहयोगी व्यक्तिको साथले महत्त्वपूर्ण काम पूरा गर्न सकिनेछ। आर्थिक पक्षमा सुधार आउनेछ। प्रेम सम्बन्धमा विश्वास र समझदारी बढ्नेछ। अरूको सुझावलाई सकारात्मक रूपमा लिनुहोला।
आजको लागि शुभ रंगः नीलो
शुभ अंकः ८
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज दैनिक काममा व्यस्तता बढ्नेछ। मेहनत र अनुशासनका कारण कार्यक्षेत्रमा राम्रो प्रभाव पार्न सकिनेछ। प्रतिस्पर्धात्मक काममा सफलता प्राप्त हुने सम्भावना छ। आर्थिक कारोबारमा सोचविचार गरेर निर्णय लिनुहोला। स्वास्थ्यमा सानातिना समस्या देखिन सक्ने भएकाले बेवास्ता नगर्नुहोला। परिवारका सदस्यसँग समय बिताउँदा मन प्रसन्न रहनेछ।
आजको लागि शुभ रंगः आकाशे नीलो
शुभ अंकः ८
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज सिर्जनात्मक तथा मनोरञ्जनात्मक काममा रुचि बढ्नेछ। प्रेम सम्बन्धमा मधुरता आउनेछ भने सन्तानको प्रगतिले खुसी दिन सक्छ। अध्ययन तथा बौद्धिक काममा सफलता मिल्ने सम्भावना छ। आर्थिक पक्षमा लाभ भए पनि विलासिताका वस्तुमा खर्च बढ्न सक्छ। कार्यक्षेत्रमा नयाँ योजना अघि बढाउन सकिनेछ। धार्मिक कार्यमा सहभागी हुँदा मानसिक शान्ति प्राप्त हुनेछ।
आजको लागि शुभ रंगः पहेँलो
शुभ अंकः ३
डा. खेमराज मिश्र, पीएचडी (उहाँ फलित ज्योतिषविद् तथा ज्योतिष अनुसन्धानकर्ता, नेपाल ज्योतिष परिषद्का केन्द्रीय उपमहासचिवकाे जिम्मेवारीमा पनि हुनुहुन्छ, सम्पर्कः ९७६७-६७८३८३ बुद्दनगर, काठमाडाैं










