भारत भ्रमणमा वाग्लेको अभिव्यक्तिमाथि बास्कोटाको प्रहार : ‘बौद्धिक ज्ञानको टाट पल्टाई’

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिप्रति कडा आलोचना गरेका छन् । नेपाली राष्ट्रवाद र नेपाल–भारत सम्बन्धबारे वाग्लेले व्यक्त गरेको धारणालाई लिएर बास्कोटाले आपत्ति जनाएका हुन् ।

बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत वाग्लेको अभिव्यक्तिलाई ‘बौद्धिक ज्ञानको टाट पल्टाई’ को संज्ञा दिएका छन् ।

उनले लेखेका छन्, ‘अर्थमन्त्री वाग्ले जब भारत पुग्छन् तब नेपाल राष्ट्रविरुद्ध छाद्छन् । नेपाली राष्ट्रवाद भनेको भारतको विरोध हो– त्यो अब रहेन भन्ने भाष्य नै राष्ट्रवाद र राष्ट्रिय हितसम्बन्धी राजनीतिक, कूटनीतिक, ऐतिहासिक रूपमा आफ्नै बौद्धिक ज्ञानको टाट पल्टाई हो ।’

हालै भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री डा. वाग्लेले विगतमा नेपालमा ‘भारतको विरोध गर्नु नै राष्ट्रवाद हो’ भन्ने भाष्य निर्माण गरिएको र नयाँ पुस्तामा त्यो सोच परिवर्तन भइसकेको धारणा व्यक्त गरेका थिए ।

वाग्लेको उक्त अभिव्यक्तिपछि बास्कोटाले सामाजिक सञ्जालमार्फत आलोचना गरेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्