कर्णाली प्रदेशको अधिवेशन स्थगन गर्न नन्दकिशोर बस्नेतले दिए उजुरी

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको अधिवेशन स्थगित गराउन माग गर्दै केन्द्रीय कार्यालय र निर्वाचन आयोगमा उजुरी परेको छ ।

सभापति पदका उम्मेदवार नन्दकिशोर बस्नेत (एनके)ले निर्वाचन प्रक्रिया स्थगित गरी पाउँ भनेर उजुरी दिएका हुन् । जेठ ३१ गते सुरु भएको अधिवेशन नेतृत्वका लागि विवाद हुँदा निर्वाचन हुन सकेको थिएन । बस्नेतको उजुरी आएको सहमहामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए । अधिवेशन स्थगित गर्ने कि नगर्ने विषयमा निर्वाचन आयोगले नै निर्णय गर्ने उनले बताए ।

‘चुनावी प्रक्रिया स्थगित गर्ने विषयमा नन्दकिशोर बस्नेतको उजुरी आएको छ । यस विषयमा निर्वाचन आयोगले नै निर्णय लिन्छ’, रातोपाटीसँग उनले भने ।

कर्णालीमासोमबार सभापतिमा तीन जनाले उम्मेदवारी दिएका थिए भने मंगलबार निर्वाचन समेत सुरु भइसकेको छ । उम्मेदवारी दिनेमा वर्तमान सभापति मदन खड्का, कोषाध्यक्ष स्नेहा उपाध्याय र बस्नेत(एनके) रहेको आयोगले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्