राप्रपाको मुख्य सचिवमा जयन्तनाथ खनाल

खबर बुक
  • ख-
  • ख+

३ जेठ, काठमाडौं । राप्रपाको मुख्य सचिव पदमा प्राडा जयन्तनाथ खनाल मनोनित भएका छन् ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्दनले पार्टी विधान बमोजिम खनाललाई मुख्यसचिव मनोनित गरेको प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

उनी पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य एवम् पार्टीनिकट प्राज्ञिक परिषद्को अध्यक्ष थिए । खनाल लामो समय त्रिभुवन विश्वविद्यालयमा कार्यरत थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्