आज रास्वपाको सचिवालय बैठक बस्दै

खबर बुक
  • ख-
  • ख+

२७ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेले आज बैठक बोलाएका हुन् ।

साँझ ६ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बोलाइएको रास्वपाले जनाएको छ ।

बैठकमा पार्टीको भेला, अधिवेशन विशेष तालिका, आयोग, विभाग पदाधिकारी मनोनयन, जिल्ला समिति विघटन, अनुशासनात्मक कारबाही, केन्द्रीय समिति बैठकलगायतका एजेन्डामा छलफल हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्