आधिकारिकता विवाद टुङ्गिएपछि गगन–शेखरबिच पहिलो पटक भेटवार्ता

खबर बुक
  • ख-
  • ख+

२२,वैशाख काठमाडौँ । पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतले टुङ्ग्याएपछि नेपाली कांग्रेस सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबिच पहिलो पटक भेटवार्ता भएको छ ।

मङ्गलबार बिहान कोइरालाको विशालनगरस्थित सचिवालयमा ४५ मिनेट भेटवार्ता भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

‘सभापति बिहान सचिवालयमा आउनुभएको थियो । उहाँहरूबिच साढे ९ बजेदेखि सवा १० बजेसम्म ४५ मिनेट कुराकानी भएको हो,’ स्वकीय सचिव थपलियाले रातोपाटीसँग भने ।

भेटमा पार्टीको आधिकारिकता सम्बन्धी विवाद टुङ्गिएपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भएको थियो । भेटमा के निष्कर्ष निस्कियो भन्ने विषय बाहिर आएको छैन ।

डा. कोइरालाका स्वकीय सचिव थपलियाले भेटमा के कुराकानी भयो भन्ने आफूलाई जानकारी नभएको बताए ।

पार्टीको आधिकारिकतासम्बन्धी विवाद टुङ्गिएपछि सभापति थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग वैशाख ६ गते भेटवार्ता गरेका थिए ।

सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माले आजै फेरि निवर्तमान कार्यवाहक सभापति खड्कासँग छलफल गर्ने तय भएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्