पश्चिम बंगालमा भाजपाको भारी बहुमत, असममा एनडीए विजयी

खबर बुक
  • ख-
  • ख+

२२ वैशाख, काठमाडौं । भारतको पश्चिम बंगाल, तमिलनाडु, केरल, असम र केन्द्र शासित प्रदेश पुदुचेरीसहित प्रमुख क्षेत्रका ८२३ निर्वाचन क्षेत्रमा हिजो बिहान ८ बजेदेखि मतगणना सुरु भएको थियो।

पश्चिम बंगालमा भाजपाले २९४ सिटमध्ये १९० सिटमा विजयी भएको छ। यसैगरी पश्चिम बङ्गालमा सत्तासीन तृणमूल कांग्रेस (टीएमसी) ले ९२ सिटमा अग्रता लिइरहेको छ।

भारतीय राष्ट्रिय कांग्रेस (आइएनसी) ले दुई सिट, आम जनता उन्नयन पार्टी (अजुप) ले दुई सिटमा अग्रता लिइरहेको छ भने भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) ले एक सिटमा अग्रता लिइरहेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन र जेपी नड्डाले पश्चिम बंगालमा भाजपाको विजयलाई ऐतिहासिक भनेका छन्। यसलाई जनशक्ति र विकास राजनीतिको विजय भन्दै प्रधानमन्त्री मोदीले राज्यको सपना पूरा गर्ने आश्वासन दिएका छन्।

असम

सन् २०२६ को असम विधानसभा चुनावमा भाजपा नेतृत्वको एनडीएले शानदार प्रदर्शन गरेको छ असमको कुल १२६ सदस्यीय सदनमा १०० भन्दा बढी सीटमा अग्रता लिएको छ। यो बहुमतको आँकडाभन्दा निकै धेरै हो। योसँगै हिमन्त बिस्वा शरमाले लगातार दोस्रोपटक मुख्यमन्त्री पदका लागि बलियो पकड बनाएका छन्।

केरल

केरलमा कांग्रेस नेतृत्वको यूडीएफले १४० सदस्यीय विधानसभामा बहुमत अर्थात् १०२ सीटमा विजय हासिल गरेको छ। पछिल्लो चुनावी तथ्याङ्कले भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) को नेतृत्वमा रहेको सत्तारूढ वाम लोकतान्त्रिक मोर्चा (एलडीएफ) ले ३५ सिट जितेको छ भने भाजपाले तीन सीट जितेको छ।

तमिलनाडु

तमिलनाडुमा टिविकेले कुल ५९ जीत र ४८ अग्रतासहित १०७ स्थानमा विजयको आधार खडा गरेको छ भने दोस्रोमा द्रमुकले ३० जीत र ४२ अग्रतासहित ७२ सीटमा जीत हासिल गर्ने सम्भावना देखिएको छ। त्यसैगरी २६ जीत र २९ स्थानमा अग्रतासहित अन्नाद्रमुकले ५५ स्थानमा जित हासिल गर्ने देखिएको छ।

पुदुचेरी

पुदुचेरीमा एनडिएले १५ स्थानमा जीत हासिल गरेको छ भने तीन स्थानमा अग्रता लिएको छ। यहाँ भारतीय राष्ट्रिय काङ्ग्रेसले ६ स्थानमा विजय प्राप्त गरेको छ। पुदुचेरीमा टिकिकेले तीन सिट र अन्यले तीन सिट जितेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्