रोशीमा फसेको माइक्रोबसका यात्रुको उद्धार, डेढ सय बढी सवारी रोकिए

खबर बुक
  • ख-
  • ख+

२१ वैशाख, काठमाडौं । बीपी राजमार्ग अन्तर्ग काभ्रेको रोशी खोलामा फसेका ईभी माइक्रोबसका यात्रुको उद्धार गरिएको छ ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार, ईभी हायसमा फसेका ६०/६५ जना यात्रुहरूलाई डोरी र जेसीबीको माध्यमबाट उद्धार गरिएको हो ।

नमोबुद्ध नगरपालीका–६ चौकीडाँडा र रोशी गाउँपालिका ७ चारसय बेशीस्थित रोशी खोलामा पानीको सतह बढ्न गई सडक कट्टान गरी बाटो पूर्ण रुपमा अवरुद्ध भएको थियो ।

१५ नम्बर गण काभ्रे र मनसुन प्रतिकार्य बेश भकुण्डेबाट सशस्त्र प्रहरीको टोली तत्कालै उद्धारकार्यमा खटिएको डीएसपी थापाले बताए ।

उनका अनुसार, बिपी राजमार्ग सडकखण्डमा आवत जावत गर्ने सवारी साधनहरूको सम्भावित जोखिमलाई मध्यनजर गर्दै रोशी गाउँपालिका–७ लासटोलबाट काठमाडौंतर्फ आउँदै गरेको १ सय ६० वटा सवारी साधनहरु रोकेर राखिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्