प्रहरी संगठनको बदनाम गर्न खोजेको आरोपमा वरिष्ठ नायव निरीक्षक जबरा निलम्बित

खबर बुक
  • ख-
  • ख+

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक सागर शमशेर जबरालाई निलम्बनको प्रक्रिया अघि बढाइएको छ । आफ्नै कार्यालय प्रमुख र प्रहरी संगठनकै बदनाम गराउने उद्देश्यले गलत कार्य गरेको ठहर गर्दै मधेस प्रदेश प्रहरी कार्यालयले उनीमाथि कारबाही सुरु गरेको हो ।

मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले एक प्रेस विज्ञप्ति जारी गर्दै सई जबराले एक व्यवसायीलाई आफैंले फोन गरी बनावटी कथा रचेर अडियो तयार पारेको जनाएको छ । उक्त फेक अडियोलाई सार्वजनिक सञ्चार माध्यममार्फत प्रसारण गराएर प्रहरी संगठन र नेतृत्वको छवि धुमिल बनाउन खोजेको आरोप उनीमाथि छ ।

प्रहरी आचरणविपरीतको यस्तो गम्भीर कार्य गरेको पाइएपछि उनलाई प्रहरी नियमावली २०७१ (संशोधन सहित) बमोजिम निलम्बन गर्ने प्रक्रिया अगाडि बढाइएको हाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्