नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र कांग्रेस उपसभापति खड्काबीच भेटवार्ता

न्युज कारखना
  • ख-
  • ख+

काठमाडौं, १७ मंसिर ।  नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

भेटमा दुवै नेताले प्रतिनिसभा सदस्यमा निर्वाचित भएकोमा एक अर्कालाई बधाई दिएका थिए । भेटमा निर्वाचनको समीक्षासमेत भएको बताइएको छ ।

यसका साथै वर्तमान सत्ता गठवन्धनलाई नयाँ सरकार बनाउन पनि निरन्तरता दिने र अरु दलहरूलाई पनि गठवन्धनमा सहभागी गराउन पहल गर्ने  गरी सकरात्मक छलफल भएको उपसभापति खड्काको निजी सचिवालयले जानकारी दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्