सर्लाहीमा करेन्ट लागेर ५ वर्षीय बालकको मृत्यु

खबर बुक
  • ख-
  • ख+

२६ चैत, काठमाडौं ।  सर्लाहीमा करेन्ट लागेर ५ वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको ईश्वरपुर नगरपालिका–१२ घारीबथान निवासी राम बैलकोटी ५ बर्षिय छोरा वियान्श बैलकोटी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बुधबार बिहान उनका बुवाले आफ्नै खेतमा सिँचाइका लागि जडान गरिएको विद्युत् मोटर नजिकै खेल्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाईते भएका उनलाई उपचारका लागि तत्काल ईश्वरपुर नगर अस्पताल बयलबासमा लगिएकामा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्