सदनमा अनुहार मात्र परिवर्तन नभई काम गर्ने शैली र परिणाम पनि परिवर्तन गर्नुपर्छ : सांसद बुर्लाकोटी

खबर बुक
  • ख-
  • ख+

२३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कविन्द्र बुर्लाकोटीले प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा बोल्दै जनताको अपेक्षा ठूलो रहेको बताएका छन् ।


उनले जनताले आफूहरूलाई ठूलो जिम्मेवारीसहित सदनमा पठाएको उल्लेख गर्दै अब केवल अनुहार मात्र परिवर्तन नभई काम गर्ने शैली र परिणाम पनि परिवर्तन गर्नुपर्नेमा जोड दिए ।


‘हामी माथि ठूलो भारी बोकाएर जनताले पठाउनु भएको छ । यो सदन अहिले अनुहार मात्रै परिवर्तन भएको छैन । यो सदनमा धेरै कुराहरू परिवर्तन गर्ने सदस्यहरू उपस्थित छौं,’ उनले भने ।


सांसद बुर्लाकोटीले वर्तमान संसदले जनताको विश्वास कायम राख्दै ठोस परिवर्तनतर्फ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्