काठमाडौं, २८ फागुन । अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला लिगको खेल तालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार खेल आगामी चैत ४ गतेदेखि शुरु हुने भएको छ ।
लिगको उद्घाटन खेलमा एनआरटी (न्युरोड टिम) र संकटा क्लब भिड्ने भएका छन्।
लिगमा साबिक विजेता एपीएफसहित १० टोलीले सहभागिता जनाउने छन्।










