काठमाडौं, ४ फागुन । भारत र श्रीलंकामा जारी आईसीसी टी–२० विश्वकपमा आज तीन खेल हुँदैछन्।
आजको पहिलो खेलमा भारतको दिल्लीस्थित अरुण जेटली स्टेडियममा समूह डी अन्तर्गत अफगानिस्तान र यूएईबीच प्रतिस्पर्धा हुनेछ।
दोस्रो खेल दिउँसो सवा ३ बजे कोलकाताको इडेन गार्डेन्समा समूह सीका इङ्गल्याण्ड र इटाली आमनेसामने हुनेछन्। नेपाल सम्मिलित यो समूहमा इटालीले अघिल्लो खेलमा नेपाललाई हराएर सनसनी मच्चाइसकेको छ।
यस्तै, बेलुकी सवा ७ बजे पल्लेकेले मैदानमा अष्ट्रेलिया र श्रीलंका खेल्नेछन् ।












