कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, १२ पुस । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । बुधबारदेखि शुरु भएको सो बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।

शुक्रबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बैठक बसेको र नेताहरुले धारणा राख्ने काम भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

बैठकमा महाधिवेशनको तयारी र निर्वाचनबारे बैठकमा छलफल चलिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्