भाद्र २४ गतेका घटनाका दोषीलाई कारवाही हुनुपर्छ : कोइराला

खबर बुक
  • ख-
  • ख+

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भाद्र २४ गतेको विध्वंशमा जेनजीहरुको हात नरहेको जिकिर गरेका छन ।

आइतबार विराटनगरमा आयोजना गरिएको नेपाली कांग्रेस र नेपालको यात्रा, हिजो, आज र भोली– चुनौती, अवसर र सम्भावना बारे युवासंग संवाद कार्यक्रममा बोल्दै नेता कोइरालाले भाद्र २३ गते गरिएको जेनजी आन्दोलन अत्यन्त शान्तिपूर्ण र युवाहरुको आवाज अभिव्यक्त भएको बताए ।

भाद्र २४ गते गरिएको विरोध, विद्रोह भन्दा पनि विध्वंस भएको बताउदै उनले त्यसमा जेनजी युवाहरुको हात नरहेको बताए । उनले भाद्र २३ गतेको घटनाका दोषीलाई मात्र नभई भाद्र २४ गतेका घटनाका दोषीलाई कारवाही हुनुपर्ने माग गरे ।

कांग्रेस विराटनगर महानगर समितिले आयोजना गरेको सो कार्यक्रममा युवा र जेन्जीहरुको प्रश्नको उत्तर दिदै नेता कोइरालाले शिक्षामा भईरहेको राजनीतिकरणका कारण शिक्षाको गुणस्तर खस्किएको धारणा व्यक्त गरे ।

उनले शिक्षाबाट राजनीतिलाई हटाउनै पर्ने जिकिर गर्दै अंग्रेजी र नेपाली माध्यमका नाममा भईरहेको पढाईले र्दुइ प्रकारका नागरिक उत्पादन भइरहेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्