आजको मौसमःपहाडी र हिमाली भूभागमा आंशिक बदली, तराईमा हुस्सु लाग्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, ५ पौष । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जस अनुसार आज बिहान पहाडी र हिमाली भूभागमा आंशिक बदली रही तराईमा हुस्सु लागेको छ ।

दिउँसो देशभर आंशिक बदली रहने छ। राति पनि देशभर आंशिक बदली रहने महाशाखाको भनाइ छ।

यस्तै, तराई भूभागमा तापक्रम हल्का घट्ने तथा हुस्सु लाग्ने सम्भावना रहेकाले सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्