मधेस प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। शुक्रबार प्रदेश सभामा प्रस्तुत विश्वासको प्रस्तावमा मतदानमा सहभागी भएका सबै सांसदले यादवको पक्षमा मत दिएका हुन्।

प्रदेश सभामा कुल ९२ मत यादवको पक्षमा परेका थिए। विपक्ष वा तटस्थतर्फ कुनै पनि मत नपरेको सभामुख सचिवालयले जनाएको छ।

एमाले इतर सात दलको सिफारिसमा मुख्यमन्त्री नियुक्त भएका यादवलाई विश्वासको मत दिने क्रममा नेकपा एमालेले समेत समर्थन जनाएको हो। यससँगै यादवको नेतृत्वलाई प्रदेश सभामा सर्वसम्मत समर्थन प्राप्त भएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्