आज पौषे औँसी, तीर्थमा श्राद्ध गर्ने दिन

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ – पौष कृष्ण अमावश्या (औँसी) अर्थात् पौषे औँसी। तीर्थमा श्राद्ध गर्ने दिनको रूपमा यसको महत्त्व छ।

यो तिथिमा विभिन्न तीर्थस्थलमा पुगेर पितृलाई तर्पण, श्राद्ध गर्ने परम्परा छ। काठमाडौंको गोकर्ण, उत्तरगया र रसुवाको वेत्रावतीलगायत तीर्थस्थलमा श्राद्ध गर्नेको घुइँचो लाग्छ।

पुराणहरूमा वर्षा र हिउँदका औँसीमा तीर्थमा पुगेर श्राद्ध गर्ने विधान बताइएको छ।

भदौ र पुसको औँसी तिथिमा गोकर्णेश्वर महादेव नजिकै पिण्ड दिए पितृहरूको उद्धार हुने नेपाल माहत्म्यमा उल्लेख छ।

यी औँसीमा तीर्थमा श्राद्ध गर्नाले पितृकुल, मातृकुल र बन्धुकुलका पितृको उद्धार हुने शास्त्रमा उल्लेख भएको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बताउँछन्।

पञ्चाङ्गमा शुक्रबार ५९ ५४ अर्थात् भोलिपल्ट बिहान सूर्योदयको आसपाससम्म औँसी तिथि रहेको उल्लेख छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्