काठमाडौं, मंसिर १२ । पूर्वएआईजी विश्व पोख्रेल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। आज वनस्थलीस्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रमबीच उनी पार्टी प्रवेश गरेका हुन्।
उनी नेपाल प्रहरीको आईजीपीका बलियो प्रतिस्पर्धी थिए। १६ महिना सिनियर पोखरेललाई पछि पार्दै शेरबहादुर देउवा नेतृत्वको सरकारले धिरज प्रताप सिंहलाई आईजीपी बनाएपछि असन्तुष्ट बनेका पोखरेलले राजीनामा गरेका थिए।
रास्वपा प्रवेश गर्दै पोखरेलले मुलुकको समृद्धि र कुशासनको अन्त्य गर्ने पार्टी रास्वपा मात्रै भएको जिकिर गरे। जनताको आशा र भरोसा बोकेको पार्टीको सदस्यता लिन पाउँदा आफूलाई खुसी लागेको उनकाे भनाइ छ।











