रुकुमपश्चिम । बाँफिकोट गाउँपालिका–७ बास्तलामा भएको मोटरसाइकल दुर्घटनामा गोरेकाडा आधारभूत विद्यालयका प्रधानाध्यापक झलक खत्रीको मृत्यु भएको छ।
बिहीबार बेलुकी कर्णाली प्रदेश ०३–००१ प ०६१३ नं. मोटरसाइकल अनियन्त्रित भएर नालामा खसेको थियो। गम्भीर घाइते भएका खत्रीलाई उपचारका लागि जिल्ला अस्पताल सल्लेतर्फ लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए।
मोटरसाइकल चालक, बाँफिकोट गाउँपालिका–७ चिमारचौर निवासी २९ वर्षीय हरिभान खत्री, घाइते भएका छन्। उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
प्रारम्भिक विवरणअनुसार मोटरसाइकल नदुवाबाट राडीतर्फ जाने भित्री सडकमा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाइ छ।











