तुलसीपुर कारागारबाट फरार थुनुवा नेपालगन्जमा मृत फेला

खबर बुक
  • ख-
  • ख+

दाङ । तुलसीपुर कारागारबाट फरार भएका थुनुवा देवराज देवकोटा नेपालगन्जमा मृत अवस्थामा फेला परेका छन्। भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा कारागारबाट भागेका उनी मंगलबार नेपालगन्जस्थित रूकुमेली होटलमा मृत भेटिएको बाँके प्रहरीले जनाएको छ।

दाङको तुलसीपुर–१८ हेमन्तपुरका देवराज देवकोटा लागुऔषध मुद्दामा पूर्पक्षका थुनुवा थिए। कारागार भत्किएको अवसरमा उनी फरार भएका थिए।

प्रहरीका अनुसार देवकोटा होटलको कोठाभित्र मुखमा फिँज आएको अवस्थामा भेटिएका हुन्। मृतकको शव नेपालगन्जस्थित नर्सिङ होममा राखिएको छ।

आज भेरी अस्पतालमा पोष्टमार्टम गरिने प्रहरीले जनाएको छ। मृत्युको कारण पोष्टमार्टमपछि मात्र स्पष्ट हुने बताइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्