काठमाडौं ।नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले ४८रनले हराउँदै शीर्षस्थानमा रहेको विराटनगर किङ्सको अपराजित यात्रा रोकेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले १७४ रन बनायो। रवी बोपाराले ३८ बलमा ३ चौका र ४ छक्कासहित ६५ रन प्रहार गरे, जुन उनको लगातार तेस्रो अर्धशतक हो। सैफ जैबले ३२, देव खनाल २८ र कुशल मल्ल २० रनमा अविजित रहे।
विराटनगरको जवाफी ब्याटिङ चुनौती १७५ रनको लक्ष्य पछ्याउन नसक्दै १६.५ ओभरमा १२६ रनमा समेटियो। रञ्जित कुमारले ५ विकेट लिएर चितवनको जित सुनिश्चित गरे। कमलसिंह ऐरीले २, शोहेल तान्वीर, सैफ जैब र कुशल मल्लले समान १–१ विकेट लिए। मर्चेन डी लिङ्गेले ३९ र प्रतिश जिसीले ३० रन बनाए।
यो जितसँगै चितवन ३ खेलबाट ४ अंकमा पुगेको छ। विराटनगरको यो पहिलो हार हो, जसले उनीहरूको ४ खेलबाट ६ अंकको शीर्षस्थानमा उक्लने अवसर गुमाएको छ।











